कम्फरटेबल बन्न खोज्ने प्रचण्डले सीमा, नक्साका विषयमा अडानहिनता देखाउनु दु:खद : ओली

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको संरक्षण र भौगोलिक अखण्डताको रक्षाका विषयमा वर्तमान सरकार र प्रधानमन्त्रीमाथि सन्देह उत्पन्न भएको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले भारत भ्रणणका क्रममा प्रधानमन्त्रीको व्यवहार र बोलेको कुराले राष्ट्रिय हितको संरक्षण र भौगोलिक अखण्डताको रक्षाका विषयमा सन्देह उत्पन्न भएको बताएका हुन्।
कम्फरटेवल बन्न खोज्ने वर्तमान सरकारका प्रधानमन्त्रीले राष्ट्रका सीमा, नक्साका विषयमा अडानहिनता देखाउनु दु:खद कुरा भएको उनको भनाइ छ।
ओलीले नागरिकता विधेयकलाई संसदमा फेरि ल्याउनुपर्ने र वर्तमान सदनले छलफल गर्न पाउनुपर्ने जिकिर गरे। उनले लोकतान्त्रीक पद्धती र संसदको विशेषाधिकारलाई मन्त्रिपरिषदले मिच्न नपाउने उल्लेख गरे कुनै पनि विधेयकलाई सरकार नै नभइ सभामुखलाई मात्रै तोक लगाउने अधिकार रहेको ओलीले बताए। उनले भारत जानु केहि घण्टाअघि मात्रै नागरिकता विधेयक प्रमाणीकरण हुनुले थप सन्देह उत्पन्न भएको बताए।
उनले सरकारको काम विधेयकको मस्यौदा मात्रै तयार गर्ने भएको उल्लेख गरे।
तपाइँको प्रतिक्रिया