चितवन – चितवनमा मोटरसाइकल दुर्घटना परी एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ का २७ वर्षीय सन्तोष गुरूङको दुर्घटनामा परी मृत्यु भएको हो ।
गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल (आइतबार) साँझ साढे ६ भरतपुर–५ कल्याणपुरको भित्री सडकमा अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनाका कारण गुरूङको नाक र मुखमा गहिरो चोट लागेको थियो ।


भरतपुरमा रहेको चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचाररत उनको सोमबार बिहान पौने तीन बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए ।
मृतक गुरुङको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।