भरतपुरको स्याउलीबजारमा सांसद जोशीको सम्पर्क कार्यालय

चितवन – चितवनमा बागमती प्रदेशका सांसद उत्तम जोशीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । भरतपुर महानगरपालिका १० स्याउलीबजारमा स्थापित कार्यालयको आज (आइतबार) एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।
जोशीले आफ्नो क्षेत्रको जनताका गुनासा सुन्नका लागि कार्यालय स्थापना गरेका हुन् । सांसद जोशीले कार्यालय स्थापनापछि कार्यसम्पादनमा सहज हुने विश्वास व्यक्त गरे । जनताले आफ्नो क्षेत्रका कुनै पनि समस्या र गुनासा सम्पर्क कार्यालयमा राख्न सक्ने उनले बताए । जनताका गुनासाहरु संकलन गरेर समाधान गरिने उनको भनाई छ ।
आफू जनताको सेवा गर्नका लागि नै नेतृत्वमा गएको भन्दै उनले आफ्नो कार्याकलभर जनताले आभास गर्ने गरि कार्यसम्पादन र बिकास निर्माणमा अघि बढ्ने बताए । जोशी गत मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा चितवन २ (ख) बाट निर्वाचित भएका थिए ।
यसैबीच जोशीले स्वास्थ्य मन्त्रीको रुपमा मन्त्रालयमा हुने अनावश्यक खर्च कटौती गर्ने प्रतिवद्धता जनाए । जोशीले आफूले मन्त्रालय सम्हाले लगत्तै केही महत्वपूर्ण निर्णयहरु गरेको जानकारी दिदै कार्यान्वयनमा कुनै कमि हुन नदिने उनले बताए । जनताको मन जितेर स्वास्थ्य मन्त्रालय पुगेको जस्तै जनताको मन जित्ने गरि काम गरेर फर्किने दृढताका साथ अघि बढ्ने उनको भनाइ थियो ।
तपाइँको प्रतिक्रिया