राष्ट्रियसभा बैठक सोमबार बस्ने

एटुजेड समाचार

काठमाडौं – राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ः०१ मा बस्ने भएको छ । आइतबारको पहिलो बैठकमा प्रतिपक्षी नेकपा (एमाले)को अवरोधपछि २९ मिनेटका लागि स्थगित भएको थियो ।

स्थगित भएपछि बसेको दोस्रो बैठकले पूर्वसंविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री मीना पाण्डेको शोक प्रस्ताव पारित गर्‍यो । उक्त प्रस्ताव आजको बैठकको चौंथो कार्यसूचीमा थियो । उक्त प्रस्ताव मात्रै पारित गरेर दोस्रो बैठक स्थगित भएको हो ।

विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभारबारे राष्ट्रपतिको कार्यालयबाट आएको पत्र पढेर सुनाउने सहित तीन वटा विषय कार्यसूचीबाट हटाइएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु