आँप खाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

एटुजेड समाचार

गर्मी मौसम सुरु भएसँगै आँपहरू पनि बजारमा आइसकेका छन् । आँप बच्चादेखि बुढासम्म सबैलाई मनपर्ने फल हो । मौसमी फलहरू खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। तर, आँपलाई खाँदा केही सावधानीहरू पनि अपनाउनुपर्ने हुन्छ । अहिले आँपको सिजन शुरु भईसकेको छैन । मुख्य कुरा अखाद्य र विषको प्रयोग गरेर आँप फकाईएको हुन सक्छ । तयसर्फ ध्यान दिनु जरुरी छ ।

कुनै पनि कुरा आवश्यकताभन्दा धेरै खाएको खण्डमा त्यसले स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ । त्यस्तै, आँप खानुअघि पनि केही कुराहरूमा ध्यान दिन आवश्यक छ ।

– आँप र दही कहिल्यै पनि एकसाथ खानु हुँदैन । यसो गर्नु एकदमै गलत हुन्छ । यसले तपाईंको छालामा संक्रमण हुन सक्छ ।

– आँप खानेबित्तिकै तुरुन्त पानी पिउनु हुँदैन । यसले पाचनसँग जोडिएका समस्या हुन सक्छन् । आँप खाएको आधा घण्टा पछि नै पानी पिउनु पर्दछ ।

– आँपलाई खानुअघि करिब २–३ घण्टा पानीमा भिजाएर खाने गर्नुस् । किनकि यसो गर्दा फलभित्र रहेको गर्मी बाहिर निस्कन्छ । जसले गर्दा यसले शरीरमा धेरै गर्मी बनाउन सक्दैन ।

– आँप साँझमा खानापछि खानु हुँदैन । रातको समयमा धेरै फाइबर तथा उच्च क्यालोरी भएका खाना स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छन् ।

– आँपलाई विशेषगरी बिहानको नास्तामा खाने गर्नु पर्दछ । किनकि, यसलाई खाएर तपाईं धेरै समय भोको हुनबाट जोगिनुहुन्छ ।

– आँप मात्र धेरै मात्रामा सेवन गर्नुभन्दा फलफूलको सलाद बनाएर खान फाइदाजनक हुन्छ । आँपसँग तपाईं अरू फलफूलहरू पनि मिसाएर खान सक्नुहुन्छ ।

– आँपलाई स्मुदी, जुस आदि बनाएर पनि पिउन सकिन्छ ।

– तपाईलाई सुगर लगायत अन्य रोगको समस्या छ भने चिकित्सकको परामर्शमा मात्रै खानु राम्रो हुन्छ । (एजेन्सी)

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू