काठमाडौं – आजबाट संसदमा वार्षिक बजेटमाथि छलफल सुरु हुँदैछ ।
संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।



बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गरेका थिए ।
यस्तै बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।