चितवन – चितवन सवर्गद्धारी प्युठान सम्पर्क मञ्चको दोश्रो वार्षीक साधरण सभा तथा प्रथम आधिवेशन सम्पन्न भएको छ ।
बिरेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न उक्त अधिबेशनले मीन राज भण्डारीको अध्यक्षतामा १३ सदस्सीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ । उपाध्यक्षमा शारदा पोख्रेल लम्साल,सचिव पशुपती लाल श्रेष्ठ, कोषध्यक्ष गोमा श्रेष्ठ,सह–सचिव वाम देव पण्डित चयन भएका छन ।
यस्तै मञ्चको सदस्यहरुमा दिनेश श्रेष्ठ,गंगा राम पोख्रेल,रोहवर विष्ट, गोविन्द गीरी,मनोहर प्रसाद श्रेष्ठ,कमला आचार्य,राम प्रसाद कालाथोकी,प्रतिक्षा पाठक चयन भएका छन ।कार्यक्रम मञ्चका अध्यक्ष मीन राज भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।