भरतपुर – भरतपुरमा पहिलो पटक ‘अंकुरम साइकल च्याम्पियनशिप– २०८०’ भएको छ । बिश्व साइकल दिवसको अवसर पारेर अंकुरम एकेडेमी र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको आयोजकले बताए ।
२५ किलो मिटर दुरि राखिएको च्याम्पियनशिपमा अंकुरम एकेडेमीका अभिभावक, खुल्ला र महिला गरेर तीन विद्यामा प्रतियोगिता भएको हो । भरतपुर ७ कृष्णपुर स्थित तेर्हसालचोकबाट सुरु भएको साईकल रेस विशाल चोक, लालीगुँरास चोक, जय नेपाल चोक, तिन तले चोक, काँडा घारी चोक, विसहजारी मार्ग हुदैँ देवनगर, सितामाई हुदैँ भरतपुर १३ मा रहेको लेक ट्वान्टि थाउजेन्ट फार्म एण्ड रिट्रिट ‘हवेलि’ मा आएर सप्पन्न भएको थियो ।
२५ किलो मिटर दुरी ४३ मिनेट ४० सेकेण्डमा पुरा गर्दै प्रतियोगिताको खुल्ला तर्फको उपाधि प्रमित थापाले जितेका छन् । ४८ मिनेट ५ सेकेण्डमा रेस पुरा गर्दै रोनिस कर्मचार्यले दोस्रो भए ।
यस्तै ४८ मिनेट ७ सेकेण्डमा रेस पुरा गर्दै अर्जुन रिमाल तेस्रो भएका थिए । अभिभावक तर्फ ५२ मिनेट २२ सेकेण्डमा रेस पुरा गरेका समर श्रेष्ट पहिलो, ५४ मिनेट १२ सेकेण्डमा रेस पुरा गेरेको प्रकाश पण्डित क्षेत्री दोस्रो र ५४ मिनेट ५३ सेकेण्डमा रेस पुरा गर्ने विजय श्रेष्ट तेस्रो भए ।
५७ मिनेट ५५ सेकेण्डमा रेस पुरा गर्ने जुना श्रेष्ठ महिला तर्फ पहिलो हुदाँ १ घण्टा २० मिनेट १६ सेकेण्ड रेस पुरा गर्दै अर्पना अधिकारी दोस्रो र १ घण्टा २२ मिनेट ८ सेकेण्डमा रेस पुरा गर्ने जमुना अर्याल तेस्रो भैइन् ।
भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले रिवन काटेपछि शुरूवात भएको साइकल रेसका विजयीहरुलाई भरतपुर ०६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठले प्रमाण पत्र र ट्रफि हस्तान्तरण गरेका थिए ।
शनिवार ३ तारिकमा परेको साईकल दिवस र जुन ५ तारिकमा मनाईने विश्व वातावरण दिवसलाई केन्द्रीत गरेर साइकल च्याम्पियनशिपको आयोजना गरेको अंकुरम् एकेडेमीका प्रिन्सिपल सुमन पौडेलले जानकारी दिए ।
कार्यक्रमबाट मानव स्वास्थ्यसंगै साईकलल बाट वातावरणमा हुने सचेतनामूलक सन्देश पनि पुगेको उनले बताए । चितवन साइकल राइडर्स क्लबका अध्यक्ष नविन खरेलले चितवनलाई साइक्लिङलाई स्पोर्टसका रूपमा प्रवर्द्धन गरिरहेको बताएका थिए । उनले कार्यक्रममा साइक्लिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु समेत बताएका थिए ।
साइक्लिङमा सहभागीहरुले चितवनसंग साइकलको इतिहास पुरानो भएपनि साइकल मैत्री शहर बन्न नसकेको बताए । सहभागी राजन पियाले भने – हाम्रो सहर साईकल मैत्री छैन, साइकल लेन भएको ठाउँ पनि व्यवस्थित नहुदाँ समस्या सिर्जना भएको छ । साइकल लेन भएर पनि उक्त लेन पार्किङ्गको रुपमा विकास भएको छ उनले दुखेसो सुनाए ।जुन ३ मा पोलिस नागरिक प्रोफेसर लेस्जेक सिविल्स्कीको सक्रियतामा तुर्किमिनिस्तानको अगुवाईमा १९३ देशले हस्ताक्षर गरे पछि संयुक्त राष्ट्रसंघले जुन ३ लाई विश्व साइकल दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
आयोजक एकेडेमी भरतपुर महानगरपालिकाको तेह्रसालचोकमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालित छ । एकेडेमीले आफ्नो हरेक गतिविधिमा सामाजिक उतरदायित्वसंग विद्यार्थी र अभिभावकलाई जोड्दै आएको छ । संस्थाले विश्वस्तरीय शिक्षा, अत्याधुनिक कक्षाकोठा, स्विमिङ पुल, एयर कन्डिसनसहित १२ कक्षासम्म पठनपाठन गर्दै आएको छ । विद्यार्थी विद्यालयसम्म ल्याउन र लैजान विद्यालयले जिपिएस प्रविधि जडान भएको एयरकन्डिसन सहितको बस सञ्चालन गरेको अंकुरम एकेडेमीका म्यानेजिङ डाईरेक्टर नवराज पौडेलले जानकारी दिए ।
करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा रहेको विद्यालयमा एक लाख स्क्वायर फिटको सुविधासम्पन्न भवन छ । जहाँ ३९ वटा कक्षाकोठाका साथै अतिरिक्त क्रियाकलापका लागि ६ वटा, विज्ञानसँग सम्बिन्धित विषयका लागि तीनवटा, कम्प्युटर ल्याबका लागि दुईवटा कोठा रहेको उनको भनाइ छ । आर्ट, म्युजिकजस्ता अतिरिक्त क्रियाकलापका लागि पनि विद्यालयले छुटै व्यवस्था गरेको तथा सबै कोठा वातानुकूलित रहेको पौडेलले बताए ।