रत्ननगरमा श्रीमानद्धारा श्रीमतिमाथी छुरा प्रहार, श्रीमतीको अवस्था गम्भिर
रत्ननगर- पूर्वी चितवनकाे रत्ननगरमा श्रीमानद्धारा श्रीमतिमाथी छुरा प्रहार भएकाे छ । रत्ननगर वडा नं १५ हातेमालाे टाेलका राजन रेग्मीले श्रीमति अनिता रेग्मीलाई शनिवार विहान छुरा प्रहार गरेको वडाध्यक्ष आशिक तामाङले जानकारी दिए ।
अनिताकाे गम्भीर अबस्थामा पुरानाे मेडिकल कलेजमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । लामाे समय देखि घरायसी विवादका कारण रेग्मी दम्पती सम्बन्ध विच्छेद गर्ने अबस्थामा पुगेका थिए ।
शुक्रबार राती श्रीमान र श्रीमती बीच झगडा परेकाे थियाे । उनीहरुका एक छाेरा दुई छाेरी छन । विहान साढे छ बजे छाेरा शाैचालय गएकाे माैका छाेपी राजनले श्रीमतिलाई छुरा प्रहार गरेकाे प्रहरीले जनाकाे छ । राजन रेग्मी फरार छन ।
तपाइँको प्रतिक्रिया