भरतपुरमा सम्पन्न अन्तर टोलस्तरीय फुटबलको उपाधि कालिका टोललाई

भरतपुर – भरतपुरमा सम्पन्न अन्तर टोलस्तरीय खुला नकआउट फुटबलको उपाधि कालिका टोलले जितेको छ ।
आज (बिहीबार) सम्पन्न फाइनलमा आस्था टोललाई ३-१ ले पराजित गर्दै कालिका टोल च्याम्पियन बनेको हो । कालिकालाई च्याम्पियन बनाउन मानस थापाले दुई गोल गरे । कालिकाले एक उपहार गोल पाएको थियो । आस्थाका विवस सुनारले एक गोल गरे ।
खेलको पहिलो हाफमा कालिकाले १-० को अग्रता बनाएको थियो । दोस्रो हाफमा कालिकाले थप २ गोल गर्यो। दोस्रो हाफमै आस्थाका विवसले गोल गरे पनि हार टार्न सकेनन् । कालिकाका मनिस म्यान अफ दि म्याच भए ।
च्याम्पियन कालिकाले ४० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । भने उपविजेतामा सीमित आस्थाले २० हजार रुपैयाँमा चित्त बुझाएको छ । कालिकाका कर्णबहादुर थिङ प्रतियोगिता भरको उत्कृष्ट खेलाडी घोषित भए । यस्तै आस्थाका विवस सुनार उत्कृष्ट फर्वाड, आस्थाकै सेजल श्रेष्ठ उत्कृष्ट डिफेन्डर, कालिकाका सन्जय श्रेष्ठ उत्कृष्ट गोलरक्षक तथा सिर्जनशीलमा सुनिल केसी सर्वाधिक गोलकर्ता बने । यस्तै सिर्जनशील टोलले फेयर प्ले टिमको ट्रफी प्राप्त गर्यो ।
विजेताहरुलाई भरतपुर १२ का वडाध्यक्ष लेखराज पन्त (हरि) र चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले पुरस्कार वितरण गरे । वडा खेलकुद विकास समिति भरतपुर १२ को आयोजनामा सम्पन्न प्रतियोगितामा १७ टोली सहभागी थिए ।
तपाइँको प्रतिक्रिया