काठमाडौं – नागरिकता विधेयक प्रमााणीकरणविरुद्ध रिट लिएर वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने सर्वोच्च अदालत पुगेका छन्।
अधिवक्ता द्वय भण्डारी र न्यौपानेले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका हुन्। रिट दर्ताको प्रकियामा रहेको बताइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्।
यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक फिर्ता गरिदिएकी थिइन्।
त्यसपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो।
अघिल्लो संघीय संसदमा फिर्ता भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि विरोध सुरू भएको छ।