‘भारत–नेपाल पर्टनसीप सुपरहिट बनाउँछौँ’: मोदी

एटुजेड समाचार

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताएका छन् ।भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र आफूले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण निर्णय लिएको बताए । उनले भने, ‘आज मैले र प्रधानमन्त्री प्रचण्डले भविश्यमा आफ्नो समझदारी सुपर हिट बनाउन महत्वपूर्ण निर्णय लिएका छौं ।’

नेपाल र भारतबीच ट्रान्जिट एग्रिमेन्ट भएको, जसले नेपालका जनताका लागि नयाँ रेल रुटको व्यवस्था गरिएको उनले बताए ।भारत र नेपालको बीचमा लङटर्म पावर ट्रेड एग्रिमेन्ट भएको उनले बताए । मोदीले भने, ‘१० वर्षमा नेपालमाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेका छौं ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु