प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। आज बिहान नयाँदिल्लीको हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। ।अहिले दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भइरहेको छ।
यसअघि प्रधानमन्त्री प्रचण्डले आज बिहान महात्मा गान्धीको समाधीस्थलमा पुगेर पुष्पहार अर्पण गरेका थिए।प्रधानमन्त्री दाहालले आजै ४ बजे भारतका उपराष्ट्रपति जगदीप धनखड र साढे चार बजे राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साँझ सवा ६ बजे होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्नेछन् । बुधबार साँझ नयाँ दिल्लीस्थित नेपाली दूतावासले प्रधानमन्त्रीको स्वागतमा आयोजना गरेको रात्रिभोजमा दाहाल सहभागी भएका थिए ।।
तपाइँको प्रतिक्रिया