अत्यधिक गर्मीले विराटनगरका विद्यालय दुई दिन बिदा

एटुजेड समाचार

विराटनगर – अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय दुई दिनका लागि बिदा दिइएको छ ।बालबालिकाको स्वास्थ्यमा समेत नकारात्मक असर पुग्ने देखिएको जनाउँदै विराटनगर महानगरपालिकाले विद्यालय दुई दिन बिदा दिने निर्णय गरेको हो ।

केही दिनयता विराटनगरमा अत्यधिक गर्मी बढेको छ । महानगर कार्यपालिकाले निर्णय गरी विहीबार र शुक्रबार बिदा दिइएको हो ।साउन महिनाको बर्खे बिदाबाट कट्टा हुनेगरी दुई दिन विद्यालय बिदा दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिएका छन् ।पूर्वनिर्धारित परीक्षाहरू भने यथावत् रहने महानगरले जनाएको छ । विराटनगरको तापक्रम केही दिनयता ४० डिग्री सेल्सियस माथि पुग्न थालेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु