चितवन – चितवन राष्ट्रिय निकुञ्जले वन्जजन्तुको चोरीशिकार गर्न लागेको भन्ने सुचनाको आधारमा हतियारसहित दुई युवालाई नियन्त्रणमा लिएको छ । निकुञ्जले कालिका नगरपालिका ११ सैपाङका २९ वर्षीय राज चेपाङ र सोही ठाउँका ३५ वर्षीय सुन्दर चेपाङलाई नियन्त्रणमा लिएको हो ।
नुकुन्जले एक प्रेस बिज्ञप्ती जारी गर्दै वन्यजन्तु चोरीशिकार गर्न लागेको भन्ने सूचनाको आधारमा निकुञ्ज सुरक्षार्थ तैनाथ खड्क दल गणबाट खटिएको संयुक्त अप्रेशन टोलीले राजलाई सौराहाबाट जेठ १३ गते र सुन्दरलाई आफ्नै घरमा बसिरहेको अवस्थामा जेठ १४ गते नियन्त्रणमा लिएको निकुञ्जले जनाएको छ ।
उनीहरुबाट दुई थान भरुवा बन्दुक पनि निकुञ्जले बरामद गरेको छ ।