चितवनमा अनियन्त्रित भई बस पल्टिँदा २१ जना घाईते

एटुजेड समाचार

चितवन – चितवनमा अनियन्त्रित भई बस पल्टिँदा २१ जना घाईते भएका छन् । आज (मंगलबार) ३:४५ बजेको समयमा चितवनको ईच्छाकामना गाँउपालिकामा ५ पानीधारा स्थित पृथ्वीराजमार्गमा काठमाण्डौबाट पोखरातर्फ जादै ग १ ख ७७०१ न. को बस आफै अनियन्त्रित भई पल्टिँदा २१ जना घाईते भएका हुन् ।

बसमा सवार २५/३० जना मध्ये २१ जना घाईते भई उनिहरुको उद्दार गरी उपचारको लागि भरतपुर तथा स्थानिय अस्पतालमा पठाईएको जिल्ला प्रहरी कार्यलय चितवनका डिएसपी बिजयराज पण्डितले बताए ।

घाईते २१ जना मध्य १ जना सिरियस, ९ जना मध्यम र ११ जना सामान्य रहेको उनको भनाई छ ।जस अनुसार स्थानिय अस्पतालमा-३, पुरानो मेडिकल कलेज भरतपुरमा १७, नयाँ मेडिकल कलेज भरतपुर १ जना उपचार भईरहेको छ ।

बस घटनास्थलमा रहेको र अहिले राजमार्ग एकतर्फी मात्र सञ्चालन भएको छ । बस चालक तनहु भिमाद नगरपालिका २ बस्ने बर्ष २५ को लेख बहादुर थापा प्रहरीको नियन्त्रणमा लिएको उनले जानाकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु