महोत्तरीमा एनएमबि बैंकबाट ३५ लाख लुटपाट

एटुजेड समाचार

जनकपुरधाम – महोत्तरीस्थित एनएमबि बैंकको रकम लुटपाट गरिएको छ । महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबि बैंकको शाखा कार्यालयबाट हतियारधारी समूहले मंगलबार ३५ लाख रुपैयाँ लुटपाट गरेको हो ।

दिउँसो १२ बजेर २५ मिनेटमा हतियार देखाएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । प्रहरीले लुटेराको खोजी गरिरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु