चितवन –भरतपुर महानगरपालिका ११ मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरी एकेडमीले आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ ।आज धावन पार्टी प्यालसेमा एक कार्यक्रमको आयोजना गर्दै मन्टेश्वरीले वार्षिकोत्सव मनाएको हो । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि हास्य साम्राज्ञी बसुन्घरा भुषालले मन्टेश्वरीले अहिलेका बच्चाहरुको मनोविज्ञान बुझेर अगाडि बढ्नुपर्ने बताइन् । त्यसो गरेमा हरेक मन्टेश्वरी सफल हनुका साथै मन्टेश्वरीले नै बच्चाको आगामी कार्यदिशा र भविष्यको बाटो कोर्न सक्ने उनको भनाइ छ ।
वार्षिकोत्सव कार्यक्रममा शिक्षा क्षेत्रमा अतुलनीय योगदान पु¥याउने शिक्षक बेद बहादुर थापा, हास्य कलाकार बसुन्घरा भुषाल, मन्टेश्वरीका मन्टेश्वरी शिक्षक, पत्रकार लगायत विभिन्न सहयोगी संस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।वार्षिकोत्सवमा भएको सांस्कृतिक कार्यक्रममा मन्टेश्वरीका टिचरहरुले आआफ्नो प्रस्तुती दिएका थिए ।



मन्टेश्वरीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाउँदै आइरहेको छ । ‘जहाँबाट तपाईंका नानीबाबुको भविष्य निर्माणको पहिलो पाइला सुरु हुन्छ’ भन्ने मुल नाराका साथ वि.सं. २०६७ सालमा मन्टेश्वरी स्थापना भएको थियो ।शान्त र पारिवारिक वातावरणमा बाल मनोविज्ञानद्वारा बालबालिकालाई खेल्दै सिकाउंँदै आएको मन्टेश्वरीमा बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोरगेमका साथै स्वस्थ खाना तथा खाजाको व्यवस्था रहेको छ ।