काठमाडौँ – संसदीय सुनुवाइ समितिको पहिलो बैठक बसिरहेको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफ्ना कुरा राखेर समितिबाट बाहिरिएपछि समिति कार्यविधि र प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया अगाडि बढाउने बारेमा छलफल भइरहेको छ ।
समितिले प्रधानन्यायाधीशमा सिफारिस गरिएका हरिकृष्ण कार्कीको सुनुवाइ प्रक्रिया अगाडि बढाउने भएको छ । सुरुमा १० दिनको म्याद राखेर यससम्बन्धी उजुरी आह्वान गर्ने छलफल चलिरहेको छ ।
यसबारे औपचारिक निर्णय हुन भने बाँकी छ ।


