कांग्रेस आलोचनादेखि डराउँदैन : देउवा

एटुजेड समाचार

काठमाडौं – नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् । उचित आलोचनाले काम गर्न झन् उत्साह बढाउने र केही समस्या भए सुधार गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उनले तर्क गरे ।

कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले प्रजातान्त्रिक पद्धतिमा देखिएका कमी कमजोरी सुधार्दै अगाडि बढ्नुपर्ने बताए ।\

आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले, डराउनदैन पनि । कतिपय उचित आलोचनाहरु हुन्छन् । आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरु गर्न झन् उत्साह हुन्छ । केही समस्या भए करेक्सन पनि हुन्छ । त्यसकारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ आलोचनाले’ उनले भने ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
‘श्रमजीवि पत्रकारहरुलाई मारमा पार्ने नयाँ प्रवृत्तिहरु देखिएका छन्’ उनले भने, ‘ठूलो लगानीका भनिने समाचार संस्थाहरुले समेत सञ्चारकर्मीहरुलाई नयाँ विकल्प खोज भन्न थालेको सूचनाहरु हामी कहाँ पनि आउन थालेका छन् । यो बेला श्रमजीवि पत्रकारहरुको पेशागत सुरक्षाको सवालमा हामी सबैले संयुक्त रुपमा एउटा सशक्त अभियान थाल्न जरुरी छ’ उनले भने ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू