अन्तर टोलस्तरीय फुटबलमा दीपेन्द्र र नौरङ्गे टोल विजयी

भरतपुर – भरतपुर महानगरपालिका १२ मा जारी अन्तर टोलस्तरीय नाकआउट फुटबलमा आज (विहिबार) दुई खेल सम्पन्न भएका छन् ।
आज सम्पन्न पहिलो खेलमा दीपेन्द्र टोलले सेन्ट्रल टाउन टोललाई पराजित गर्यो । दीपेन्द्रले सेन्ट्रललैइ २-० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । विजयी टोलीका सुमन लामा म्यान अद दि म्याच चुनिए ।
यस्तै आजै सम्पन्न दोस्रो खेलमा नौरङ्गे टोलले बसन्तचोक टोललाई १-० ले पाखा लगायो । नौरङ्गेका सिजन पन्त म्यान अद दि म्याच घोषित भए ।
प्रतियोगितामा शनिबार तीन खेल हुनेछन् । पहिलो खेलमा बिहान ७ बजे गैरीगाउँ टोल र आस्था टोल भिड्नेछन् । यस्तै दोस्रो खेलमा दिउँसो ३ बजे सिर्जनशील टोल र शुभलक्ष्मी टोल र बसन्तचोक टोल भिड्नेछन् । तेस्रो तथा अन्तिम खेलमा ४:१५ बजे जिल्ला प्रशासन एकता टोल र हाम्रो चोक टोल भिड्ने वडा खेलकुद बिकास समिति भरतपुर १२ का उपाध्यक्ष कृष्ण कार्कीले बताए ।
१८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ४० हजारसहित ट्रफी प्राप्त गर्ने कार्कीले बताए । यस्तै उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
तपाइँको प्रतिक्रिया