नेकपा एमाले र समाजवादीका नेता माओवादी केन्द्र प्रवेश

एटुजेड समाचार

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले र नेकपा समाजवादीका नेता नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र प्रवेश गरेका छन् । आज (बिहीवार) एक कार्यक्रमका विच उनीहरु माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेमा समाजवादी चितवनका सचिवालय सदस्य साकार लामा, एमलेका खेम भट्ट, ऊत्तम सुवेदी, सूर्य प्रकाश लामा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई माओवादीका नेताहरु सूर्य सुवेदी ‘पथिक’, नारायण दाहालले अबिर र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू