माडी जेसिजद्वारा स्थापना दिवसको अबसरमा बिद्यालयलाई स्टेशनरी सामाग्री सहयोग

चितवन – माडी जेसिजले आफ्नो स्थापना दिवसको अबसर पारेर माडीको एक बिद्यालय लाई स्टेशनरी सामाग्री सहयोग हस्तान्तर गरेको छ । माडी नगरपालिका वडा नम्बर १ पाण्ड्वनगर स्थित श्री राष्ट्रिय आधारभुत बिद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि एक बर्षका लागि आबश्यक हुने सिसाकलम , इरेजर , कटर लगायतको शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
आज बिहिवार एक कार्यक्रमका बिच सो सामाग्री बिद्यालयका प्रधानध्यापक तुल बहादुर नेपाली लाई हस्तान्तरण गरिएको माडी जेसिजका अध्यक्ष सुवास बताए ।
कार्यक्रम अध्यक्ष सुवास गौतमले माडी जेसिसले बिगत देखि नै विभिन्न कार्यक्रम मार्फत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउदै आगामी दिनमा समेत सहयोगको प्रतिबद्धता जनाए । सो बिद्यालयमा हाल १ सय १० जना विद्यार्थीहरु अध्ययनरत रहेका छ्न ।
कार्यक्रममा माडी जेसिजका संस्थापक अध्यक्ष रुद्र प्रसाद सापकोटा रहेका थिए । निवर्तमान अध्यक्ष शोभाखर अधिकारी, पुर्ब अध्यक्ष कृष्णहरि अधिकारी, कार्यकारीणि उपाध्यक्ष राम बहादुर पोख्रेल, सहसचिव प्रकाश रिजाल, स – कोषाध्यक्ष हरि लम्साल, मानार्थ सदस्य दिपक चापागाइ लगायतको सहभागी रहेको थियो ।
तपाइँको प्रतिक्रिया