मुगु – मुगुम कार्मारोङ गाउँपालिकाको हिमाली पाटन क्षेत्रमा यार्सागुम्बा संकलन सुरु भएको छ । कोरोना महामारीका कारण चार वर्षदेखि यार्सागुम्बा संकलन कार्य प्रतिबन्द गरिएको भए पनि यो पटक बाट पाटन क्षेत्रमा यार्सा टिप्ने कार्य सुरु गरिएको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ ।
पालिकाले पाटन क्षेत्रमा यार्सागुम्बा संकलनको लागि स्थानीयलाई अनुमति दिएको अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके लगायत पाटन क्षेत्रमा उम्रिने बहुमूल्य यार्सागुम्बा टिप्न जिल्लाभित्र र बाहिरका स्थानीय सातु समाल बोकेर पाटन उक्लिएका छन् ।