सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो
काठमाडौं – सुनको भाउ १ हजार रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १३५७.५० रुपैयाँ तोकिएको छ।
बुधबार चाँदी १३६० रुपैयाँमा कारोबार भएको थियो।
तपाइँको प्रतिक्रिया