यशोदा फुड्सको सहयोगमा वक्तृत्वकला सम्पन्न, लक्ष्मी माविकि खनाल प्रथम

भरतपुर – अन्तर बिद्यालय वक्तृत्वकला प्रतियोगितामा लक्ष्मी माध्यामिक विद्यालय लंकुकी छात्रा तिर्सना खनाल प्रथम भएकी छन् । रोटरी क्लव अफ नारायणी मिड टाउन, रोटर्याक्ट क्लव अफ नारायणी मिड टाउन र इन्टर्याक्ट क्लव अफ लिटल फ्लावरको संयुक्त आयोजनामा सम्पन्न अन्तर बिद्यालय वक्तृत्वकला प्रतियोगितामा विजयी हुँदै खनालले पन्ध्र हजार रुपैयाँ जितेकि हुन ।
” नेपाली अर्थतन्त्रको विकाशमा स्वदेशी खाद्य उद्योगको भुमिका एवम् महत्व” बिषयक वक्तृत्वकला प्रतियोगितामा बालकुमारी कन्या माविकी छात्रा दीपकला सुनार द्वितीय हुँदै १० हजार, अरुणोदय माविका छात्र बिबेक आचार्य तृतीय हुँदै ५ हजार प्राप्त गरे । रास्ट्रिय मावि शोशिका छात्र निकेश न्यौपाने सान्त्वना हुँदै १ हजार पाँच सय प्राप्त गरेको रोटरी क्लव अफ नारायणी मिड टाउनकि अध्यक्ष स्वेता उपाध्यायले जानकारी दिइन् ।
भरतपुर १० स्थित नारायणी नमुना माविमा सम्पन्न कार्यक्रममा भरतपुर महानगर भित्रका विभिन्न सरकारी बिधालयका २५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै यशोदा फुड्स प्रालिकी जनसम्पर्क अधिकृत सरस्वती बस्यालले नेपाली अर्थतन्त्रको विकाशमा स्वदेशी खाद्य उद्योगको भुमिका रहने बताइन। उनले स्वदेशी उत्पादनको विस्तार र विकासमा सरकारको भुमिका महत्त्वपूर्ण हुने बताउदै नेपालमै हुने वस्तु तथा सेवा समेत आयात गर्नुपर्ने अवस्था आउनु दु:खद रहेको बताइन ।
उत्पादन गुणस्तर हुनुपर्ने र उपभोक्ताले पनि स्वदेशी उत्पादन लाई प्राथमिकतामा राख्दा स्थिती सहज हुने उनको तर्क छ ।
मौलाकालिका अस्पतालका प्रवन्ध निर्देशक यबम् कार्यक्रमका प्रमुख अतिथी डा. केशवराज भुर्तेलले निर्यातलाई प्रोत्साहन गरि आयात कम गर्ने मौद्रिक नीति अनिवार्य रहेको र सो अनुसार हुनुपर्ने बताए ।
कार्यक्रमका संयोजक उपेन्द्र पौडेलले बिद्यार्थी हरुले जानकारी राख्नुपर्ने बिषयमा वक्तृत्वकला प्रतियोगिता गर्न पाउँदा खुसी लागेको बताए ।
क्लवकी अध्यक्ष स्वेता उपाध्यायले रोटरीले विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र र बिद्यार्थी हरुका लागि कार्यक्रम गरेको स्मरण गर्दै भाबी दिनमा पनि अझै शसक्त कार्यक्रम गर्ने प्रतिज्ञा गरिन ।उपाध्यायले रोटरीले आयोजना गरेको कार्यक्रममा सहयोग गरि सम्पन्न पार्न भुमिका निर्वाह गरेकोमा यशोदा फुड्स र प्रवन्ध निर्देशन कमल मालपानी लाई धन्यवाद ब्यक्त गरिन।
वक्तृत्वकलामा गोपाल भन्डारी, कृष्ण दाहाल र त्रिलोचन सापकोटा निर्णायकको जिम्मेवारीमा थिए ।कार्यक्रममा रोटरी क्लव अफ नारायणी मिड टाउनका महासचिव दिपेश श्रेष्ठ, पुर्व अध्यक्ष भद्र नारायण पिया, रोटर्याक्ट क्लव अफ नारायणी मिड टाउनका प्रेसिडेन्ट ईलेक्ट बिनोद श्रेष्ठ , महासचिव आशिष नेपाल, अभियान्ता अर्जुन भुसाल, यमलाल भन्डारी, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सुनिल मरहठ्ठाले गरेका थिए ।
तपाइँको प्रतिक्रिया