भरतपुर महानगरपालिकाले कृषकलाई वितरण गर्यो ९० क्विन्टल धानको बीउ

चितवन – भरतपुर महानगरपालिकाले कृषकलाई ९० क्विन्टल धानको बीउ वितरण गरेको छ । आज (बुधवार) भरतपुर महानगरको अनुदानमा ९० क्विन्टल धानको बीउ वितरण गरेको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर २१ को समाज उत्थान कृषि सहकारीमा अयोजित कार्यक्रममा कृषकहरुलाई धानको बीउ वितरण गरेकी हुन् । बीउ वितरण गर्दै दाहालले आयत प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताईन् ।
प्रमुख दाहालले कृषि उत्पादन गर्न सिँचाई र उन्नत बीउको आवश्यकता हुने भएकाले महानगरपालिकाले कृषकलाई सिँचाई र बीउको प्रबन्ध मिलाएको बताईन् । भरतपुर महानगरपालिकाले लिएको नीति अनुरुप कृषि उत्पादन वृद्धि गर्ने गरी विगतदेखि नै यन्त्रिकीकरणलाई जोड प्रतिफल पनि प्राप्त गर्न सफल भएको प्रमुख दाहालको भनाई छ ।
त्यस्तै महानगरपालिकाले प्रतिकिलो रु ३० का दरले अनुदान दिएको हो । भरतपुरमा रहेको ७२ वटा कृषि सहकारीमार्फत २ सय ३३ मेट्रिक टन बीउ साढे ९ हजार कृषकलाई बीउ वितरण गरिने योजना रहेको भरतपुरका कृषि महाशाखा प्रमुख पौडेलले जानकारी दिए । उन्नत बीउले २० प्रतिशत उत्पादन वृद्धि गर्ने अनुसन्धानले देखाएको छ ।
तपाइँको प्रतिक्रिया