चितवन – भरतपुर महानगरपालिकाले १५ परिवारलाई बाख्रा वितरण गरेको छु । आज आज (बुधवार) भरतपुर २२ का १५ घरधुरीलाई बाख्रा वितरण गरेको हो ।
निर्वाहमूखी कृषिकर्म गरिरहेका कृषिकहरुलाई प्रोत्सहान गर्न भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक परिवार दुई बाख्रा वितरण गरेकी हुन् ।
भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलका कृषिको व्यवसायीकरणको क्रममा ठुला कृषकहरु समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याईएको बताए ।
निर्वाहमूखी कृषक कार्यक्रममार्फत ९० जनाले २ वटाका दरले बाख्रा पाउने छन् ।युवा लक्ष्ति कार्यक्रममार्फत १७ जनाले २ लाखका दरले रकम प्राप्त गर्ने उनले जानाकारी दिए ।
महानगरले आज नै भूमिगत सिँचाई प्राणाली अन्तरगतको डिप बोरिङको उद्घाटन, ९० क्विन्टल धानको बीउ वितरण लगाएत कार्यक्रम गरेको छ ।