भ्रष्टाचारी र अपराधीलाई कारबाही नगरे राप्रपा आन्दोलनमा जान बाध्य हुन्छ : ज्ञानेन्द्र शाही

एटुजेड समाचार

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारी र अपराधीलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले भ्रष्टाचारी र अपराधीहरूलाई सरकारले कानुनी कारबाही नगरे आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँबाट आन्दोलन गर्ने बताएका हुन् ।

शाहीले सरकारको नीति तथा कार्यक्रमलाई रेस्लिङ खेल्ने गेमजस्तो बनाउन नहुने पनि बताए । उनले ट्रेड युनियन खारेज गर्न पनि सरकारसँग माग गरे । ट्रेड युनियनहरूकै कारण मुलुकको उद्योगधन्दा, कलकारखाना बन्द भएकाले त्यसलाई सरकारले खारेज गर्नुपर्ने प्रमुख सचेतक शाहीको तर्क थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु