रातो मच्छिन्द्रनाथको रथमा भात चढाएर विशेष पूजा गरिदै

काठमाडौ – आज रातो मच्छिन्द्रनाथको रथमा भात चढाएर विशेष पूजा गरिदैछ । जावलाखेलमा आज मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पूजा गर्ने भएका हुन । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा भोलि हुँदैछ । हरेक वर्ष भोटो जात्राको एक दिन अगाडि गुथियारले मच्छिन्द्रनाथलाई विशेष पूजा गर्ने चलन छ ।
पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट चारै दिशामा फर्केर छर्किने गरिन्छ । नेपालभाषामा जा भनेको भात र व्हला भनेर छर्किने चलन छ । त्यसरी भात छर्किने ठाँउ भएकोले जावलाखेलको नाम रहन गएको विश्वास गरिन्छ । सोमवार साँझ रथलाई लगनखेलबाट तानेर जावलाखेल ल्याइएको हो । रथ जावलाखेल ल्याएको चार दिनमा भोटो देखाइने परम्परा छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ । वैशाख ११ गते पुल्चोकबाट रथ तानेर सुरु भएको यस वर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा भाटो जात्रासँगै सकिनेछ ।
तपाइँको प्रतिक्रिया