जात व्यवस्था उन्मुलन मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेला चितवनमा हुने
चितवन – जात व्यवस्था उन्मुलन मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेला चितवनमा हुने भएको छ । यही जेठ १० देखि १२ गतेसम्म सो भेला हुन गइरहेकोे आज (मङ्गलवार) भरतपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालसँग आवद्ध संगठन जात व्यवस्था उन्मुलन मोर्चा, नेपालको दोस्रो अनि चितवनमा पहिलो राष्ट्रिय भेला हुन गइरहेकोे हो । समाजमा अझै पनि जातकै कारण साना देखी ठुला तहमा पुगेका व्यक्ती, जनप्रतिनिधीले समेत विभिन्न समस्याहरु भोग्न परेको भन्दै उक्त सम्मेलन आयोजना गरिएको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य लक्षुराम विश्वकर्माले बताए ।
चितवनको भरतपुर १० , गेष्टहाउस चौरमा प्रारम्भ सत्र र क्यान्सर अस्पतालको सभा हलमा वन्द सत्र गरि भेला आयोजना गरिएको उनको भनाइ छ ।
भेलामा ७७ वटै जिल्लाबाट करिब ५ हजारको सभागिता रहने उनले जानाकारी दिए । त्यस्तै बन्द शत्रमा क्यन्सर गेटमा ४ सय जनाको सहभागीता रहने छ । क्याम्पचौरमा हुने प्रारम्भ समेलनमा गेष्टहाउस चौरमाबाट जिल्ला प्रहरी कार्यालय हुँदै चौबिसकोठी हाकिमचोक र्याली गरिने छ ।
सम्मेनमा ३५० प्रतिनिधिको सहभागीता रहने छ । जसमा नागरिक समाजका सन्जिव उप्रेती, जनवादी गायक जीवन शर्मा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महसचिव विश्वाभक्त दुलाल (आहुती) लगायतको सहभागिता रहने छ ।
केही वर्ष अगाडी रुकुम चौरजहारी सोतीकी सुस्मा मल्लसंग प्रेम गरेकै आधारमा जाजरकोटका नवराज वि.क. लगायत ६ जान युवाहरुको विभत्स हत्या गरि भेरी नदिमा फालिएको घटना घटेको थियो ।
सो नरसंहारलाइ यस सगंठनले विगत १ वर्षे देखि विद्रोह दिवस आन्दोलनकै रुपमा मनाउने निर्णय गरेको छ । सोही अवसर पारेर सङ्गठनले आफ्नो दोस्रो राष्ट्रिय भेला चितवनमा आयोजना गरेको हो ।
दलित मुक्तिको गाँठो ‘ जात व्यवस्था ‘ भत्काउन सबैभन्दा पहिला सही विचारधारा छान्नु अनिवार्य छ । विचारधारालाई कार्यान्यवनमा लान नेतृत्व लिने सहास गर्नुपर्ने मोर्चाको संयोजक राजकुमार हिङ्माङले बताए।
हिङ्माङले भने “विचारधारालाई कार्यान्यवनमा लान नेतृत्वले सहास गरे मात्रै हामीले चाहेको व्यवस्था आउँछ ।” चितवन जिल्लामा देशैभरबाट प्रतिनिधिहरू सहभागी गराउँदै दोस्रो ऐतिहासिक राष्ट्रिय भेला हुने भएकोले सहभागी हुन सबैलाई आह्वान गरिएको छ ।
जात व्यवस्था उन्मुलन मोर्चा,नेपालका केन्द्रिय सदस्य निर्जन विश्वकर्माले दिएको जानकारी अनुसार माघ २४ गते बसेको केन्द्रिय कमिटीको सातौ बैठकले चैत २६ २७ र २८ गते राष्ट्रिय भेला गर्ने गरेर निर्णय गरेको थियो । उक्त राष्ट्रिय भेलाको लागि प्रयाप्त तयारी नपुगेको कारणले जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जात व्यवस्थाको बिद्रोह दिवसको अबसर राष्ट्रिय भेला गर्न लागेको हो ।
वि.स. २०७५ फागुन ११ मा काठमाडौमा जात व्यवस्था उन्मुलन मोर्चा नेपालको प्रथम राष्ट्रिय भेला आयोजना गरि सो सङ्गठनको स्थापना भएको हो ।
तपाइँको प्रतिक्रिया