चितवन – भरतपुर महानगरपालिकाले नारायणी नदी किनारमा रहेको बालकुमारी सुस्त मनस्थिति केन्द्रलाई ई–रिक्सा प्रदान गरिएको छ ।मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले विद्यालयलाई ई–रिक्सा प्रदान गर्नभएको हो ।
ईरिक्सा मूल्यअभिवृद्धि करसहित रु ४ लाख २५ हजारमा खरिद गरिएको हो ।भरतपुुरमा सञ्चालनमा आएका अटिजम विद्यालयहरु बालकुमारी बाहेक सबै आवसिय सुविधाका छन् । बालकुमारीमा अध्ययन गर्ने अटिजम विद्यार्थीहरुलाई आवतजावत गर्न समस्या हुने भएकाले ईरिक्सा प्रदान गरिएको भरतपुुर महागनरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिनुभयो ।
भरतपुर महानगरमा नारायणी मावि, चितवन मावि,श्रीपुर मावि, आधारभूत विद्यालय धनौजी तथा भरतपुर बालमन्दिर अटिजम विद्यालयमा अपडगता स्रोत केन्द्र सञ्चालनमा छन् ।भरतपुर महानगरपालिकाले विद्यार्थीहरुलाई अध्ययनमा सहजताका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।महानगरले विद्यार्थीहरुलाई न्यानो कपडा, छात्रालाई साईकल, विभिन्न छात्रावृत्ति दिने गरेको छ ।