बिकु मोबाइलको पहिलो शाखा इन्द्रदेब मार्गमा

एटुजेड समाचार

चितवन – बिकु मोबाईलले आफ्नो पहिलो शाखा इन्द्रदेब मार्ग नारायणगढमा शुभारम्भ गरेको छ । बिगत दस बर्षदेखी शहिदचोक नारायणगढ स्थित गणेश मार्केटबाट सेवा दिदै आइरहेको बिकु मोबाईलले बिशेष गरि एप्पल मोबाईल प्रयोगकर्ताहरुको चाहनालाइ ध्यानमा राखी यो शाखा सन्चालनमा ल्याएको हो ।

सबै खालका मोबाइलहरु एकै ठाउमा बिक्री गर्दा ग्राहकहरु झुक्किने र बिश्वसनियतामा कमि हुने भएकोले चितवनमा मोबाईल बजारको हब मानिने इन्द्रदेब मार्गमा छुट्टै शाखा खोलिएको सन्चालक बिक्रम कंडेलले बताए । करिब ७० लाखको लगानिमा खोलिएको यस शाखामा आइफोनका ओरिजिनल एसोसरिज तथा नयाँ आइफोन बिक्री गर्नुका साथै आइफोन एक्सचेन्ज र आइफोन रिपेयर गरिने उनको भनाइ छ ।

मोबाईल ब्यबसायी संघका महासचिब सुजन लामिछानेले र सन्चालक कंडेलका छोरी सितल कंडेलले सोमबार एक कार्यक्रमका बिच रिबन काटेपछि शाखाको शुभारम्भ भएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू