बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेश भित्रका सबै आश्रितहरुको बीमा गरिदिने

एटुजेड समाचार

हेटौंडा – बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र रहेका सबै आश्रमहरुमा आश्रित रहेकाहरुको स्वास्थ्य बीमा गरिदिने भएको छ । मन्त्री उत्तम जोशीले यस कार्यक्रमको हेटौंडास्थित मानव सेवा आश्रमबाट शुभारम्भ गर्नुभएको हो ।

मन्त्री नियुक्त भएको दोस्रो दिन जोशीले यो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । उहाँले भन्नुभयो “प्रदेशभित्रका सबै आश्रितहरुको निःशुल्क स्वास्थ्य बीमा गर्छाैं ।” मानव सेवा आश्रम र अन्य आश्रममा गरी प्रदेशभित्र झण्डै चार हजार आश्रित रहेको अनुमान छ । स्वास्थ्य बीमा गरेसँगै उनीहरुको उपचार सहजीकरण हुने जोशीको भनाई थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू