जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टी अध्यक्षसमेत रहेका यादवलाई सोमबार दलको नेतामा चयन गरिएको हो ।यसअघि दलको नेतामा रामसहाय प्रसाद यादव थिए । यादव उपराष्ट्रपति निर्वाचित भएपछि दलको नेता पद रिक्त थियो ।
यादव वैशाख १० को उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जितेका थिए । यसअघि उनी मंसिर ४ को निर्वाचनमा सीके राउतसँग पराजित भएका थिए ।यादवले उपनिर्वाचन जितेपछि दलको नेता छानिएको हो ।“संसदीय दलको विधान २०७७ को दफा १० को उपदफा १ बमोजिम सर्वसम्मत रूपमा निर्वाचन समितिले उहाँलाई सर्वसम्मत निर्वाचित गरेको हो,” प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने ।
तपाइँको प्रतिक्रिया