जसपाको संसदीय दलको नेता बने उपेन्द्र यादव

एटुजेड समाचार

काठमाडौं –  जनता समाजवादी पार्टी(जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन्।

जसपा संसदीय दलको बैठकले सोमबार यादवलाई संसदीय दलको नेतामा चयन गरेको पार्टी प्रचारविभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए।

यसअघि  रामसहाय यादव संसदीय दलको नेता थिए। यादव उपराष्ट्रपतिमा चयन भएपछि पद खाली थियो।  गत वैशाख १० गते बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनबाट विजयी भएका हुन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु