दाङ – जबर्जस्ती करणी आरोपमा दाङको देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्व क्याम्पस प्रमुख शेषमणि गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार दिउँसो आफ्नै घरमा एक किशोरीलाई करणी गरेको अभियोगमा प्रहरीले गौतमलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ। देउखुरीस्थित एक प्राविधिक क्याम्पसमा अध्ययनरत छात्रालाई जागिर लगाइदिने प्रलोभनमा घरम बोलाएको र करणी गरेको उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।