नक्कली भुटानी शरणार्थी प्रकरण ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस : १६ थुनामा, १६ फरार

एटुजेड समाचार

काठमाडौं – प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३२ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गर्दै अनुसन्धानको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।प्रहरीले मुद्दा चलाउन सिफारिस गरेको ३२ मध्ये १६ जना थुनामा रहेका छन् भने १६ जना फरार रहेका प्रतिवेदनमा उल्लेख गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको हो ।प्रतिवेदनमा संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू