काठमाडौ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले एमाले अध्यक्ष केपी ओलीले संसदमा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन । आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अध्यक्ष ओलीको नामै नलिई उहाँले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताएका हुन । अध्यक्ष नेपालले ओलीले आफ्नो सम्बोधनमा अरुलाई सत्तोसराप गरेको र आफ्नो कमजोरी भने स्विकार नगरेको आरोप समेत लगाए ।
अध्यक्ष नेपालले भ्रष्टचारको जालोलाई तोडने काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिए ।सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने पनि उनले बताए ।