सगरमाथामा भरतपुर महानगरको झण्डा फहराइयो

एटुजेड समाचार

चितवन –विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराईएको छ । महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराईएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् ।

भरतपुर महानगरपालिकाको आयोजनामा गाईड नरेन ठकुरी, सहायक गाइड चेतन भोटे गत २०७९ चैत २१ गते काठमाडौँबाट सगरमाथा प्रस्थान गरेका थिए । वैशाख २५ गते आधार शिविरबाट हिँडेको टोली महानगरको झण्डासहित २०८० जेठ ३ गते विहान ८:३३ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो ।

महानगरपालिकाको झण्डा फरफराउने कार्यक्रम सम्पन्न भई टोली काठमाडौँ फिर्ता भईसकेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू