अंकुरम् एकेडेमीमा निर्वाचन प्रकृयाद्वारा विद्यार्थी नेतृत्व छनौट

भरतपुर, चितवन – भरतपुर-७ अवस्थित अंकुरम् एकेडेमीमा निर्वाचन प्रकृयाद्वारा शैक्षिक सत्र २०८० को लागि विद्यार्थी नेतृत्व छनौट भएको छ। वास्तविक निर्वाचनको झल्को दिने किसिमले सम्पन्न निर्वाचन कार्यक्रममा कक्षा १ देखि १० का ६९३ विद्यार्थीहरुले आ-आफ्नो ‘सदन’ अन्तर्गत रहेर मतदान गरेका थिए।
मतदान प्रकृयाद्वारा ‘हेड ब्वाय’ , ‘हेड गर्ल’ तथा ‘हाउस क्याप्टेन’, ‘हाउस भाइस क्याप्टेन’ हरु निर्वाचित भएका छन्।
विश्वव्यापी प्रजातान्त्रिक मूल्य र मान्यतालाई अंगीकार गर्दै विद्यार्थी नेतृत्व छनौट गरिएको सह-प्राचार्य ओमराज मैनालीले बताउनुभयो ।
निर्वाचित १० जना विद्यार्थी प्रतिनिधिहरुलाई प्रमुख निर्वाचित अधिकृत अर्जुन शर्माले स-धन्यवाद प्रमाण पत्र प्रदान गर्नुभएको थियो।
आगामी जेष्ठ १४ गते निर्वाचित विद्यार्थी प्रतिनिधिहरुलाई विधिवत् रुपमा ‘पदस्थापन तथा ब्याज वितरण’ कार्यकम रहेको प्राचार्य सुमन पौडेलले जानकारी दिनुभयो।
तपाइँको प्रतिक्रिया