चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु

एटुजेड समाचार

चितवन, – चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–वडा नम्बर २५, शुक्रनगरमा विद्युतको ट्रान्समिटर परिवर्तन गर्न क्रममा २० वर्षीय युवकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्रभात जल उपभोक्ता समितमा काम गर्नेर बाँकेको जानकी गाउँपालिका–वडा नम्बर २ का देसराज कोरी रहेका छन् । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू