नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

एटुजेड समाचार

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने भएको छ ।

गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो ।

आज पनि सोही नीति तथा कार्यक्रममाथि छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू