गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग सम्बन्धी भरतपुरमा जनचेतनामूलक कार्यकम

एटुजेड समाचार

भरतपुर – भरतपुरमा लम्पी स्किन रोग सम्बन्धी जनचेतनामूलक कार्यकम गरिएको छ ।  भरतपुर महानगरपालिका १७ मा गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग सम्बन्धी जनचेतनामूलक कार्यकम गरिएको हो ।

नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेश र कृषि तथा पशुपन्छी विकाश मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजना र नेपाल भेटेरिनरी विद्यार्थी एशोसियसन(ए..पि.आई). जनकल्याण दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।

पशुजन्य उत्पादनमा ह्रास ल्याउने यो रोगको नियन्त्रण र रोकथामको लागि किसानलाई एक दिने जनचेतनामूलक कार्यकम आयोजना गरिएको नेपाल भेटेरिनरी एशोसिएसन बागमती प्रदेश सचिव डा.पवन आचार्यले बताए ।

अहिले गाइभैसिमा लम्पि स्किन रोग देशैभरि महामारीको रुपमा फैलिएको छ त्यसको न्युनिकरणका तथा रोकथामका लागि कार्यक्रम गरिएको उनको भनाई छ ।

लम्पि स्किन रोगका कारण किसानहरुले पशु व्यवसायबाट नोक्सानी व्यहोर्दै पेशा छाड्न बाध्य भएकाले सरकारले रोगको प्रभावकारी रोकथामको लागि निशुल्क खोपको व्यवस्था गर्न आवश्यक रहेको एशोसियसनका अध्यक्ष डा.दिपक तिवारीको भनाइ छ ।

कार्यक्रमा किसानहरुलाई डा.भुपेन्द्र खनियाले लम्पि स्किन रोगको परिचय, प्रा.डा.दिनेश कुमार सिंहले रोगको प्रभावकारी नियन्त्रण तथा रोकथामको लागि गर्नुपर्ने कार्यहरुको बारे जानकारी दिएका थिए । सचेतनामुलक कार्यक्रममा करिब एक सय किसानको सहभागीता रहेको थियो ।

त्यस्तै डा. सन्तोष अधिकारीले कृषि तथा पशुपन्छी विकाश मन्त्रालय बागमती प्रदेशले गरेका कार्य तथा आगामी वर्षको कार्ययोजनाको बारेमा जानकारी दिएका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू