रोटरी रोटर्‍याक्टको माडीमा वृहत् स्वास्थ्य शिविर, ३०६ लाभान्वित

एटुजेड समाचार

चितवन – चितवन रोटरी क्लब र चितवन रोटर्‍याक्ट क्लबको संयूक्त आयोजनामा माडी नगरपालिका–९, गोविन्दबस्तीमा वृहत् स्वास्थ्य शिविर सम्पन्न भयो । चितवनको कर्णाली जिल्लाको रूपमा परिचित अति सिमान्तकृत् समुदायको बसोबास रहेको सो स्थानका ३०६ जना वृद्ध/वृद्धा, युवा तथा बालबालिकाहरू स्वास्थ्य शिविरबाट लाभान्वित भएको चितवन रोटरी क्लबका अध्यक्ष दीपक प्रधानले जानकारी दिए ।

भरतपुर अस्पतालका रजिष्टर नर्सहरूद्वारा रक्तचापको परिक्षण गरेर शुरु भएको स्वास्थ्य शिविरमा भरतपुर केन्द्रीय अस्पतालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट हाडजोर्नी सम्बन्धी परिक्षण, सामान्य स्वास्थ्य परिक्षण, मधुमेहको परिक्षण, श्वास प्रश्वास सम्वन्धि जाँच तथा ई.सि.जी. सेवाको पनि सुविधा उपलब्ध गरिएको थियो । चितवन डेण्टल होमका वरिष्ठ दन्तरोग विशेषज्ञहरूबाट दन्त परिक्षण गरिएको स्वास्थ्य शिविर गोविन्दबस्ती आधारभूत विद्यालय, माडीको वडा नं. ९ मा आयोजना गरिएको थियो ।

माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोले स्वास्थ्य शिविर आयोजना गरेकोमा रोटरी र रोटर्‍याक्ट क्लबलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको आयोजना भएको स्थल निरिक्षण गरेकी थिइन् । माडी नगरपालिका, वडा नं. ९ का अध्यक्ष घनश्याम दवाडीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा स्वास्थ्य शिविरमा संलग्न मेडिकल टीमलाई प्रशंसा–पत्र प्रदान गएिको थियो ।

मानव सेवा भन्दा माथि अरु कुनै सेवा गर्ने ठाउँ छैन् भन्ने अभिव्यक्ति दिँदै प्रमुख अतिथी घनश्याम दवाडीज्यूले वडा नं. ९ अन्य थुप्रै कुराहरूमा पिछडिएको जानकारी गराए । शिविर संचालन भएकोमा धन्यवाद ज्ञापन गर्दैे प्रमुख अतिथि दवाडीले यस क्षेत्रमा निरन्तर जोडिईरहनको लागि आग्रह पनि गरे । चितवन रोटर्‍याक्ट क्लबले सामाजिक सेवाको क्षेत्रमा रोटरी क्लबसँग गरेको सहकार्य अत्यन्तै सराहनीय रहेको र त्यसबाट आफू गौरवान्वित भएको चितवन रोटरी क्लबका पूर्व अध्यक्ष तथा रोटरी डिष्ट्रिक्ट ३२९२ का सल्लाहकार परिषद् सदस्य रो. उत्तमलाल चुकेले बताए ।

चितवन रोटरी क्लबका अध्यक्ष दीपक प्रधान र चितवन रोटर्‍याक्ट अध्यक्ष अच्यूत न्यौपानेको संयूक्त अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई चितवन रोटर्‍याक्टक्लबका पूर्व अध्यक्ष निरज खनालले संचालन गरेका थिए भने चितवन रोट¥याक्ट क्लबका अध्यक्ष अच्यूत न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।

चितवन रोटरी क्लबको तर्फबाट क्लबका सचिव राजन पिया र चितवन रोटर्‍याक्ट क्लबको तर्फबाट विक्रम साह कार्यक्रम संयोजन गरेका थिए । चितवन रोटरी क्लबका अध्यक्ष दिपक प्रधानले स्वार्थ भन्दा सेवा सर्वोपरी भन्ने मूलमन्त्र लिई अगाडी बढेको रोटरी र रोटर्‍याक्ट विश्वमै सामाजिक सेवा गर्ने संस्थाहरूको अग्रपंक्तिमा रहेको जानकारी गराउँदै कार्यक्रममा संलग्न मेडिकल टीम, सहयोगी महानुभाव, निःशुल्क औषधि सहयोग गर्ने फर्मास्यूटिकल्स कम्पनीहरू, गोविन्दबस्ती आधारभूत विद्यालय, माडी तथा अन्य सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू