उपप्रमुख अधिकारीद्वारा अपांङ्ग समाज चितवनको भित्ते पात्रो बिमोचन

भरतपुर – अपांङ्ग समाज चितवनको भित्ते पात्रो बिमोचन गरिएको छ । आज (आईतबार) भरतपुरमा अपांङ्ग समाज चितवनले भित्ते पात्रो बिमोचन तथा आर्थिक बर्ष २०८०/८१ को बजेट तर्जुमा सम्बन्धी कार्यक्रम गरेको हो ।
भित्ते पात्रोको बिमोचन भरतपुर महानगरपालिका नगर उपप्रमुख चित्रसेन अधिकारीले गरेका हुन् । पात्रोको बिमोचन गर्दै उनले अपांङ्गता भएका ब्यक्तिहरुको सेतो छडीको रुपमा रहेको टिप्पणी गरे । स्थानीय सरकार तपाईहरुको घर आगनको आफ्नै सरकार हो, हामी तपाईहरुको दुख सुखको साहरा मात्रै नभइ टेक्ने सेतो छडी पनि हौ उपप्रमुख अधिकारीले भने ।
उनले महानगरपालिकाले अपांङ्गता भएका ब्यक्तिहरुलाइ सपाङ्ग नागरिक सरहको सेवा तथा सुविधा प्रदान गरिरहेको पनि उल्लेख गरे ।
फरक प्रसगमा उपप्रमुख अधिकारीले जनताका काम गर्ने सवालमा भरतपुर महानगरपालिकाले कुनै पनि कन्जुस्याइँ नगर्ने प्रष्ट परेका छन् । बिगतका पाँच बर्षमा पनि महानगरले जनताका सामु राखेका बिकास निर्माणका आयोजनाहरुको काममा यो या त्यो नभनी बिना शर्त काम गरेको तस्वीर छर्लङ्ग रहेको पनि प्रष्ट पारे । अबको हाम्रो बाकी समय पनि भरतपुर महानगरको बिकासमै खर्चिने गरि महानगरले एक खालको कार्यतालिका बनाइसकेको छ उप प्रमुखले भने, देश भरि कै हेर्न लायकको बिकास अब भरतपुरमा हुन्छ ।
बिकासका काममा कसैले औला ठडयाउने हिम्मत आज सम्म नगरेको बताउदै उप प्रमुख अधिकारीले महानगर तीब्र बिकासको गतिमा अगाडि बढेकाे बताए ।यहिगतिमा महानगरमा बिकासको क्रम बढ्दै गयो भने भरतपुर महानगरपालिका साच्चिकै स्मार्ट सिटि बन्नेमा पुर्ण बिश्वास गर्न महानगर बासी आम नागरिकहरुमा उनले आग्रह समेत गरे ।
अपांङ्ग समाज चितवनका अध्यक्ष होमनाथ अधिकारीले जिल्लामा अपांङ्गता भएका ब्यक्तिहरुको सख्या यकिन नभएको बताए । जिल्लामा हामी तथ्यांक सकलन गर्ने क्रममै छौ अध्यक्ष अधिकारीले भने, अहिले नै भनी हाल्ने अवस्था भने छैन ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको संख्या ६ लाख ४७ हजार ७ सय ४४ रहेको छ भने अपाङ्गता भएका पुरुषहरुको सख्या ३ लाख ५१ हजार ३ सय १ रहेको छ । जनगणना अनुसार अपाङ्गता भएका महिलाहरुको सख्या भने २ लाख ९३ हजार ४ सय ४३ रहेको देखिन्छ ।
प्रतिशतको आधारमा जनगणनानुसार अपाङ्गता भएको पुरुषको सख्या ५४ दशमलव २ प्रतिशत र महिलाको सख्या ४५ दशमलव ८ प्रतिशत रहेको देखिएको छ । त्यस्तै अपाङ्गता भएका व्यक्तिमध्ये सबैभन्दा धेरै ३७ दशमलव १ प्रतिशतमा शारीरिक अपांगता भएको पाइन्छ ।
जनगणना अनुसार १७ दशमलव १ प्रतिशतमा न्यूनदृष्टि अपाङ्गता,८ दशमलव ९ प्रतिशतमा बहुअपाङ्गता,८ प्रतिशतमा सुस्तश्रवण अपाङ्गता र ६ दशमलव ४ प्रतिशतमा स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएको देखिन आउँछ ।
तपाइँको प्रतिक्रिया