चितवनमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु, एक गम्भिर घाइते

एटुजेड समाचार

चितवन – चितवनमा ग्यास बोकेको ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । आज (आईतबार) भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित टिकौली जंगलमा टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००२ प ७६८८ नम्बरको स्कुटरलाई सोहि दिशाबाट आउँदै गरेको ना ४ ख ६६७४ नम्बरको ट्रकले ठक्कर दिंदा एकजनाको मृत्‍यु भएको छ भने एक जना गम्भिर घाईते भएका हुन् ।

सिलिण्डर ग्याँस लोड रहेको ट्रकले ठक्कर दिदाँ स्कुटर चालक भरतपुर ११ बस्न्ने २० वर्षिय सागर तमाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले जानकारी दिए । स्कुटरमा पछाडि बस्ने भरतपुर ११ निवासी २० वर्षिय विशान्त ढकाल गम्भिर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू