सुदूरपश्चिम : तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

एटुजेड समाचार

कैलाली – सुदूरपश्चिम सरकारका ३ जना मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी सिंह , सामाजिक विकास मन्त्री झपट साउँद, वन मन्त्री रमेश धामी र वन राज्यमन्त्री गीता मालले शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख देवराज जोशीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुलाई सहभागी गराएर सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू