केपी ओलीले आइतबार संसद् बैठकमा सम्बोधन गर्ने

एटुजेड समाचार

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्। एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले भोलि बस्ने  संसद् बैठकमा सम्बोधन गर्न लागेको एमाले संसदीय दलको बैठकमा जानकारी गराएका हुन्।

यसअघि ओलीले संसद् बैठकमा सम्बोधन गर्ने बताए पनि स्वास्थ्य अवस्थाका कारण नबोलेको सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा संसदमा जानकारी दिनेसमेत बताएका थिए। संसद् बैठक भोलि बिहान ११ बजे बस्दैछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू