काठमाडौं – नेकपा एमालेले नीति तथा कार्यक्रममाथिको छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
आज दिउँसो २ बजे संसद भवनस्थित नयाँ बानेश्वरमा नीति तथा कार्यक्रममाथि छलफल गर्न एमालेको संसदीय दल बैठक बोलाएको सचेतक महेश बर्तौलाले बताए ।
उनका अनुसार बैठकमा नीति तथा कार्यक्रम र समसामयिक विषयमा छलफल हुनेछ। सरकारले शुक्रबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले नीति तथा कार्यक्रम ल्याएकाले बजेटमा समावेश हुनुपर्ने विषयलाई उठान गर्ने छ।